शुक्रबार, फाल्गुन २, २०८१

बक्यौता नतिरेको भन्दै रोल्पा सिमेन्ट उद्योगको विद्युत् लाइन काटियो


कान्तिपथ


रोल्पा I रोल्पा सिमेन्ट उद्योग प्रालिको विद्युत् लाइन काटिएको छ । उद्योगले विद्युत् महसुलवापत रु आठ करोड ४४ लाख छ सय ९७ बक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो । 

रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले बक्यौता नबुझाएको पाइएपछि लाइन काटिएको नेपाल विद्युत्  प्राधिकरण विद्युत् वितरण केन्द्र रोल्पाले जनाएको छ । “पटक–पटक ताकेता गर्दा पनि अटेर गरी महसुल नबुझाएपछि आइतबार लाइन काट्न बाध्य भयौ”, वितरण केन्द्रका कार्यालय प्रमुख आषेश्वर साहले भन्नुभयो । 

सिमेन्ट उद्योगेले २०७० साल यता महसुल नबुझाएको रोल्पा वितरण केन्द्रले जनाएको छ । बक्यौता नतिरेसम्म लाइन पुनः जडान नहुने उहाँको भनाइ छ । रोल्पा सिमेन्ट प्रालि रोल्पामा सञ्चालित सबैभन्दा ठूलो उद्योग हो । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत