काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलविद्युत परियोजनाहरूको द्रुत गतिमा विकास भइरहेको कारण नेपालले सन् २०२५ सम्म विद्युत् निर्यातकर्ता राष्ट्र बन्न सक्ने सम्भावना बोकेको बताउनुभएको छ ।
आजदेखि काठमाडौँमा सुरु ऊर्जा सम्मेलन २०२३ को उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले ऐतिहासिक राजनीतिक परिवर्तन पश्चात् नेपाल र नेपालीहरूमा आर्थिक परिवर्तन र विकास देख्ने अकांक्ष पनि बढ्दै गएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले नेपालले जैविक विविधतालाई संरक्षण गर्न र जलवायु परिवर्तन सम्बन्धी सन्धिहरूको पक्षधर रहिरहन सधैँ महत्त्वपूर्ण भूमिका खेल्दै आएको सम्मेलनमा बताउनुभयो ।
यसैगरी प्रधानमन्त्री दाहालले देशमै उत्पादन भएको विद्युत् स्वदेशी बजारमा अधिकतम प्रयोजनमा ल्याउने सरकारको प्राथमिकता रहेको बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ