शुक्रबार, अशोज ४, २०८१

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक शुरू


कान्तिपथ


काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न बुधवार बिहान संवैधानिक परिषद्को बैठक शुरू भएको छ ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार बिहान सिंहदरबारमा बैठक सुरु भएको हो । बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनुहुन्छ ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने छ । लामो समयसम्म न्यायलय कायममुकायमको नेतृत्वमा रहेकाले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा तीन दलका शीर्ष नेताबीच सहमति भएको थियो ।

सोमबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेर बहादुर देउवासहितको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय गरेको थियो । सोही अनुसार आज बैठक बसेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत