शुक्रबार, माघ ४, २०८१

दोस्रो ब्राइट फ्युचर एस ई ई कप फुटसल प्रतियोगिता सम्पन्न


कान्तिपथ



यही वैशाख ४ गते एक भव्य कार्यक्रमको आयोजना गरी समुदघातन गरिएको दोस्रो ब्राइट फ्युचर एस ई ई कप फुटसल आज सम्पन्न भएको छ,आज सम्पन्न फाइनल खेलमा प्रिमियर इन्टरनेशनल स्कूल लाई बालबालिका बोर्डिङ्ग स्कुल ले ५-२ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो। बालबालिका स्कूल को लागि शिसिर क्षेत्रि र रोहन मोक्तानले समान २-२ गोल गरे भने सुबोध खड्का ले १ गोल गरे त्यसै गरी प्रिमियर इन्टरनेशनल का सारांश पूरी र प्रतीक घतानीले १-१ गोल फर्काए,पहिलो हाफ निक्कै प्रतिस्पर्धात्मक रहेको खेलमा दोश्रो हाफमा बालबालिका स्कूल ले अग्रता लाई दोब्बर बनायो र जीत निकाल्न सफल भयो। प्रतियोगितामा कुल ३० टीम सहभागी खेल ३ दिन सम्म चलेको थियो।


प्रतियगितामा उत्कि्रष्ट गोल किपर बालबालिकाका युनिक कार्की भए भने उत्कृष्ट खेलाडी बाल बालिका कै रोहन मोक्तान भए, उत्कृष्ट अनुशासित टीम ग्रीन भिलेज हुँदा सर्वाधिक गोल कर्ता प्रिमियरका सारांश पुरी भए।
विजेताले ३०,००० नगत ट्रफी तथा उप विजेता ले २०,००० नगद र ट्रफी हात पारे भने अन्य उपाधिमा जनही ५,००० का दरले हात पारे।
समापन कार्यक्रममा उपस्थित प्रमुख अतिथि चन्द्रागिरी नगरपालिका का प्रमुख घनश्याम गिरी तथा विशेष अतिथि चन्द्रागिरी नगरपालिका १४ का वार्ड अध्यक्ष राजभाइ महर्जन तथा चन्द्रागिरी नगरपालिका १५ का वार्ड अध्यक्ष घनश्याम लुइटेल ब्राइट फ्युचरका अध्यक्ष मोहन कुमार कार्की प्रिन्सिपल दयाराम थापा +२ विभाग प्रमुख श्यामकृष्ण महर्जनले विजेता र उपविजेता टिमका खेलाडी लाई मेडल प्रमाण पत्र ट्रफी तथा नगद पुरस्कार वितरण गर्नु भयो।


सोही कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुँदै नगर पालिका प्रमुख घनश्याम गिरी ले यस्ता खालका अतरिक्त किर्याकलाप आयोजना गर्नु भएको मा आयोजक लाई धन्यबाद ज्ञापन गर्नु भयो साथै+२ विभाग प्रमुख श्यामकृष्ण महर्जन ले प्रतियोगिता समपन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण लाई धन्यबाद दिदै धन्यबाद मन्तब्य दिनु भयो अब यस्ता खालका प्रतियोगीता आगामी दिनमा अज भव्य रूपमा आयोजना गरिने +२ विभाग का कोर्डिनेटर राजेश महर्जन ज्यू ले जानकारी दिनु भयो सोही कार्यक्रम का इभेन्ट कोर्डिनेटर सरोज महर्जनले प्रतियोगिता मा बिजेता टोली लाई ब्राइट फ्युचर+२ मा स्वागत गर्न आफूहरु आतुर रहेको र बधाई ज्ञापन गर्नु भयो अघिल्लो बर्ष २३ टोली सहभागी गरिएको मा यो वर्ष ३० टोली सहभागी गराई प्रतियोगिता सफलता पूर्वक समपन्न गरिएको जानकारी दिँदै प्रशासकीय प्रमुख दीपक पौडेल ले हामी सँग को कुराकानी मा बताए भने समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रम को अध्यक्षता गरहन गर्नु भएका मोहन कुमार कार्की ले कार्यक्रम सफतापूर्वक सम्मपन्न गरेको मा सम्पूर्ण लाई धन्यबाद दिदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो।।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत