सुर्खेत । कर्णालीका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
प्रदेश प्रमुख तिलक परियारले आज प्रदेश प्रमुख कार्यालयमा एक विशेष कार्यक्रमका बीच शपथ खुवाउनु भएको हो । शपथ लिनेमा काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी नेकपा माओवादी केन्द्रबाट जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्मा हुनुहुन्छ । मन्त्री विश्वकर्मा यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री हुनुहुन्थ्यो ।
मुख्यमन्त्री राजकुमार शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गर्नुभएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ