मङ्लबार, भदौ २५, २०८१

उपनिर्वाचनले त्रिविको परीक्षा सारियो


कान्तिपथ


काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

उहाँले त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बिहिबार बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको हो ।

वैशाख १० गतेको सम्पूर्ण परीक्षा स्थगित गरी वैशाख १६ गतेका दिन सोही समय र स्थानमा सञ्चालन गर्न निर्णय गरिएको उहाँले बताउनुभयो । अहिले स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।

यही वैशाख ४ गतेदेखि परीक्षा सञ्चालन भइरहेको छ । वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत