मङ्लबार, फाल्गुन १५, २०८०

बिद्युत् सर्ट भई आगलागी हुँदा लाखौँ मूल्यको क्षति


कान्तिपथ


बारा । बाराको जीतपुरमा एक इलेकट्रोनिक्स पसलमा बिद्युत् सर्ट भई आगलागी हुँदा लाखौँ मूल्यको क्षति भएको छ । 

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको अन्सारी इलेकट्रिकल एण्ड ईलेक्ट्रोनिक्समा आगलागी भएको हो । 

गएराती पसलमा आगलागी हुँदा करिब ४५ लाखको क्षति भएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ  । 

आगलागी भएको करिब ३० मिनटभित्र स्थानीय, जीतपुरसिमरा उपमहानगरपालिकाको वारुणयन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।

आगलागीबाट पसलको गोदाममा बढी क्षति भएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत