बिहिबार, फाल्गुन १०, २०८०

तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता


कान्तिपथ


दार्चुला । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता हुनुभएको छ ।

व्यासमा गाउँपालिका–२ तल्ला दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएको वडाध्यक्ष धिरेन सिंह बुढाथोकीले जानकारी दिनुभयो ।

दिउँसो साँढे १ बजेतिर नेपालबाट भारत जाने क्रममा तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर भण्डारी बेपत्ता हुनुभएको बुढाथोकीले बताउनुभयो । भण्डारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत