शुक्रबार, अशोज ४, २०८१

जितनारायणका प्रतिष्पर्धीले आफैंलाई भोट हाल्न पाएनन्


कान्तिपथ


प्रतिनिधिसभातर्फ रिक्त रहेका तीन निर्वाचन क्षेको पदपूर्तीका लागि आइतबार मतदान जारी छ। चितवन–२, तनहुँ–१ र बारा–२ मा उननिर्वाचन हुन लागेको हो।

चासोका साथ हेरिएको चितवन–२ मा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बिहानै मतदान गरिसकेका छन्।

उनले कालिका नगरपालिकास्थित चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका हुन्। श्रेष्ठसँगै प्रतिस्पर्धामा रहेका रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गर्न पाउने छैनन्।

लामिछानेको मतदाता नामावली काठमाडौंमा छ। गत ४ मंसिरमा भएको निर्वाचनमा पनि उनले काठमाडौंबाटै मतदान गरेका थिए।

एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ छ। उनीहरुले आज हुने उपनिर्वाचनमा मत दिन नपाउने भएका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत