शुक्रबार, भदौ २८, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • उपेन्द्र यादवलाई भोट मागेपछि मधेशका मुख्यमन्त्रीलाई आयोगले सोध्यो स्पष्टीकरण

उपेन्द्र यादवलाई भोट मागेपछि मधेशका मुख्यमन्त्रीलाई आयोगले सोध्यो स्पष्टीकरण


कान्तिपथ


निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई उपनिर्वाचनकाे आचारसंहिता उल्लंघन गरेकाे सम्बन्धमा स्पष्टीकरण साेधेकाे छ । 

चुनावकाे स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयाेगले आज स्पष्टीकरण सोधेको हाे ।

‘बारा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत हुने गरी उहाँलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो,’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन  हुन्छ, हुँदैन ?’ उनलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत