आइतवार, फाल्गुन ४, २०८१

रास्वपाले माफी माग्ने सहमतिपछि नयाँकिरण माविमा मतदान सुचारु


कान्तिपथ


चितवन । भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण माविको मतदानस्थलमा मतदान रोकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमति पछि मतदान सुचारु भएको छ ।

चितवन क्षेत्र नं २ को भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण माविको मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको थियो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो । 

मतदानस्थलमा छलफल पछि राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमति पछि मतदान सुचारु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत