सोमवार, पुस २९, २०८१

ठुला व्यापारीको छुट्टै स्टक एक्सचेन्ज

व्यावसायिक घराना शंकर ग्रुपको प्रमुख लगानीमा ‘हिमालयन स्टक एक्सचेन्ज’ नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ। आइतबारसम्मको समयसिमा तोकेर सूचना निस्किएको थियो। शुक्रबारसम्म हिमालयन स्टक एक्सचेन्जको मात्रै आवेदन परेको छ।

एउटामात्रै स्टक एक्सचेन्ज हुँदा लगानीकर्ताले लाभ लिन नसकेको र एकाधिकार हुँदा सेवाको गुणस्तर समेत खुम्चिँदै गएपछि बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याएर भइरहेको एक्सचेन्ज कम्पनीलाई प्रतिस्पर्धी बनाउन लागेको हो।

हिमालयन स्टक एक्सचेन्जमा मुलुकका उद्योगपतिहरु एकै ठाउँमा जोडिएका छन्। शंकर ग्रुपका अध्यक्ष शंकर गोल्यानको प्रमुख लगानी रहेको कम्पनीमा उद्योगीहरू पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, दीपक भट्टलगायतको लगानी छ।

नयाँ स्टकका लागि ३ अर्ब रुपैयाँ चुक्ता पुँजी चाहिन्छ। यो सर्वसाधारणको सेयरसहित हो। संस्थागतले ७० प्रतिशत लगानी गरे हुन्छ। अहिले सरकारको समेत मुख्य लगानीमा नेपाल स्टक एक्सचेन्ज सञ्चालनमा छ।

सर्वाेच्च अदालतले करिब सात महिनादेखि रोकिएको नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स (अनुमतिपत्र) वितरण प्रक्रिया खुला गरिदिएपछि सेयर जारमा नयाँ तरंग ल्याएको छ। लामो रस्साकस्सीबीच सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले नयाँ स्टक एक्सचेन्जको बाटो खोलिदिएपछि हिमालयन स्टक एक्सचेन्ज धितोपत्र बोर्ड पुगेको हो। फोटो : विकासन्युज ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत