स्पेनिस लिग लालिगा (La Liga) मा शीर्ष स्थानमा रहेको बार्सिलोनालाई ११ अंकको साथ अग्रता मिलेको छ । बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १ – ० गोलले पराजित गर्दै अग्रता लिन सफल भएको हो । यो जितपछि बार्साले तालिकामा स्पष्ट ११ अंकको अग्रता बनाएको छ ।
क्याम्प नोउमा भएको खेलमा बार्साका लागि पहिलो हाफमै फेरान टोरेसले गोल गर्दै अग्रता दिलाएका थिए । उनले ४४ औँ मिनेटमा गोल गरेका हुन् । बाँकी समय एट्लेटिकोले गोल फर्काउन सकेन र पराजित भयो ।
एट्लेटिकोको ११ खेलसम्मको अपराजित यात्रामा ब्रेक लागेको छ । जाभि हर्नान्डेजको टोली बार्साको ७६ अंक छ । दोस्रो स्थानको रियाल मड्रिडको ६५ अंक छ । एट्लेटिको ६० अंकसहित तेस्रो स्थानमा छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ