आइतवार, मंसिर २३, २०८१

नयाँ स्टकका लागि ३ ब्यापारीको नेतृत्वमा छुट्टाछुट्टै आवेदन


कान्तिपथ


नयाँ स्टक सञ्चालनका लागि तीन कम्पनीले लाइसेन्स माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन्। नयाँ स्टकको लागि हिमालय स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज, अन्नपूर्ण स्टक एक्सचेञ्ज नामबाट आवेदन परेको छ।

बोर्डले चैत ३१ गते १० दिनको अवधि दिँदै यस्तो आवेदन माग गरेको थियो। हिमालय स्टकले गत साता नै बोर्डमा आवेदन दिएको थियो भने नेशनल स्कट र अन्नपूर्णले अन्तिम समयमा आवेदन दिएका हुन्।

हिमालयन स्टक एक्सचेञ्जको मुख्य लगानीकर्ताहरु शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङसका दीपक भट्ट प्रमुख शेयरधनी छन्। उक्त समूहमा शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, शतिस मोर, सौरभ ज्योति, आषिश श्रेष्ठ, रोहित गुप्ता, शशिकान्त अग्रवाल, विवेक दुगड र राजेन्द्र खेतान लगायत छन्।

नेशनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ।

अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेश कुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती रहेका छन्। नयाँ स्टक स्थापनाको लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको छ। यसमध्ये संस्थागत लगानीकर्ताले ७० प्रतिशत लगानी गर्न सक्छन्।

स्टक एक्सचेन्ज सञ्चालनमा आएको दुई वर्षभित्र आफ्नो जारी पुँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने हुन्छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत