काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई थप सुधारको आवश्यकता देखिएको बताउनुभएको छ ।
बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बसेको कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति देउवाले उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औँल्याएको सांसद रामहरि खतिवडाले बताउनुभयो ।
सभापति देउवाले अहिले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नभएकाले बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभएको पनि सांसद खतिवडाले जानकारी दिनुभयो ।
बैठकमा सांसदहरूले आगामी बजेटमा जनताका माग सम्बोधन गर्ने विषयका साथै पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड दिनुभएको बताइएको छ ।
आज सांसदले बोल्ने क्रम नसकिएकाले भोलि पुनः बैठक बस्ने सांसद खतिवडाले जानकारी दिनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ