बुधबार, फाल्गुन १६, २०८०

नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश


कान्तिपथ


काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदी अरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । यससँगै नेपाल पाँच अङ्क जोड्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल तीन खेलमा दुईमा जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ समूह ए को शीर्ष स्थानमा छ । 

समूह ए मा नै रहेका ओमान समान तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ भने समान खेलबाट दुई अङ्क जोडेको मलेसिया तेस्रो स्थानमा छ । त्यस्तै साउदी अरब दुई अङ्कका साथ चौथो स्थानमा छ । कतारले भने अङ्क जोड्न सकेको छैन ।

उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । ती समूहलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरब, कतार र ओमान रहेका छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङ्कङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत