बुधबार, फाल्गुन ९, २०८०

घण्टीलाई एकको बदला दुई


कान्तिपथ


गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २० सिट हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक पद गुमायो। पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतको एउटा आदेशले गुम्न पुग्यो।

उनी निर्वाचित भएको चितवन-२ खाली भयो। साथै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएपछि थप दुई क्षेत्र खाली भए। निर्वाचन आयोगले तीनै क्षेत्रमा एकै दिन वैशाख १० गते उपनिर्वाचन गराएको छ। उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। तनहुँ-१ मा स्वर्णिम वाग्ले निर्वाचित भइसकेका छन्। उनी हालैमात्र कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका हुन्।

यता चितवनमा लामिछानेको जित निश्चित भएको छ। प्रतिनिधिसभामा एक सिट गुमाएको रास्वपाले त्यो परिपूर्ति गर्दै एक थपेको पनि छ। पार्टी सभापति लामिछानेले त एकको बदला तीन जना सांसद लिएर संसद् छिर्ने उद्घोष गरेका थिए।

बारा-२ मा रास्वपाले पूर्वडीआइजी रमेश खरेललाई अघि सारेको थियो। खरेल भने स‌ंसद् छिर्ने सम्भावना निकै कम छ। मतगणना चलिरहँदा उनी चौथो स्थानमा छन्। त्यहाँ उपेन्द्र यादव अग्रस्थानमा छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत