सोमवार, अशोज २८, २०८१

यस्ताे छ चितवन–२ काे पछिल्लाे मतपरिणाम


कान्तिपथ


काठमाडौँ । चितवन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै अग्रता लिनुभएको छ । 

भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर २ मा पर्ने सबै वडा, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म गणना हुँदा लामिछानेले ५० हजार ७९ मत प्राप्त गर्नुभएको छ ।

साथै लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आठ हजार ८७७ मत प्राप्त गर्नुभएको छ । 

हाल सम्म ७०हजार २३९  मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । 

मतगणना दिउँसो १२ बजे सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो । सो क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत