विभिन्न कारणले रिक्त रहेका तीन क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि आइतबार सम्पन्न उपनिर्वाचनमा नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनाल र डिआइजी रमेश खरेल चुनावी मैदानमा उत्रिएर कन्तबिजोग हार बेहोरेका छन् ।
मंसिरमा भएको निर्वाचनमा पराजित भएका यी दुवैजना फेरी दोस्रोपटक जनताको परिक्षामा उत्रिएका थिए । खनाल तनहुँ–१ मा एमालेबाट उम्मेदवार बन्दै तेश्रो भएका छन् । खरेल बारा–२ मा रास्वपाबाट उम्मेदवार रहेका छन्, त्यहाँ मतगणना जारी छ ।
यसअघि एमालेबाट नै उम्मेदवार रहेका खनाल काठमाडौं–६ मा रास्वपाका उम्मेदवार शिशिर खनालसँग भारी मतान्तरले पराजित भएका थिए। सुशासन पार्टीका अध्यक्षसमेत रहेका उम्मेदवार खरेल काठमाडौं–१ मा तेस्रो स्थानमा पराजित भएका हुन् ।
पुर्वआईजीपी सर्वेन्द्र खनाल तनहुँ १ बाट पराजित भैसकेका छन् । तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले ३४४८० मत ल्याएर निर्वाचित भएका छन् भने कांग्रेसका गोविन्द भट्टराई २००९२ मत ल्याएर दोश्रो भएका छन् । यता तेश्रो भएका एमाले उम्मेदवार सर्वेन्द्र खनाल ८५५५ ल्याएर तेश्रो भए । खनालले अघिल्लो पटक एमाले उम्मेदवारले ल्याएको ११ हजार मत जोगाउन सकेनन ।
बारा–२ मा रास्वपाबाट उम्मेदवार रहेका खरेल भने चौथो हुने छाँट देखिएको छ । गणना जारी रहेको बारामा उपेन्द्र यादवको १२८४८, शिवचन्द्र कुशवाहाको ८४८८, पुरूषोत्तम पौडेलको ४५३४ र खरेलको १९९१ मत रहेको छ ।
खनाल २०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका थिए । सोहि ब्याजका हुन्, रमेश खरेल । कार्यक्षमता, कार्यसम्पादन मुल्याङ्कन र सिनियरिटीको आधारमा एक नम्वरमा रहेका खनाललाई २०७४ मा ओली सरकारले आईजीपी बनाएपछि खरेलले राजीनामा दिएका थिए । खनाल ३० वर्षे प्रहरी सेवा पुरा गरी २०७८ माघमा अनिवार्य अवकास पाएका हुन् ।
प्रहरी संगठनमा रहँदा यी दुवै अब्बल, कुशल नेतृत्वको रूपमा चर्चामा रहेका अधिकारी हुन् । राजीनामा दिएपछि भ्रष्टाचारविरूद्धको अभियान्तको रूपमा चर्चित छन् । खनाल मंसिरको निर्वाचनअघि मात्र एमाले प्रवेश गरेका हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ