मङ्लबार, अशोज ९, २०८०

समयमै मल र विपद्कोष बनाउन सांसद सहयात्रीको माग


कान्तिपथ


१२ बैशाख, हेटौंडा । सिन्धुपाल्चोक १ ‘ख’ बाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेशका सांसद सरल सहयात्री पौडेलले किसानका लागि समयमै मलको व्यवस्था गर्न माग गरेका छन् । मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै माओबादी केन्द्र बागमती प्रदेशका अध्यक्ष समेत रहेका सांसद पौडेलले किसानका लागि समयमै मलका साथै बर्षात अघि नै विपद्कोष बनाउन माग गरे ।

सांसद पौडेलले बाली लगाउने समय सुरु भइसकेकोतर्फ ध्यान दिन आग्रह गर्दै अहिलेदेखी नै मलको ब्यबस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले सिन्धुपाल्चोक लगायत हिमाली जिल्लाहरु बर्षा सुरु भएसँगै जोखिममा रहने बताउँदै समयमा नै विपद्कोष निर्माणमा जोड दिएका हुन् । जनताको सुरक्षाको लागि सरकारले समयमा नै ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन दीर्घकालिन हिसावले सोच्नुपर्ने बताए । उनले युवाहरुलाई रोजगारको ब्यबस्था गर्दै परम्परागत ब्यबसाय र शिपमुलक कामहरुलाई पनि प्रबर्दन गर्नुपर्नेमा जोड दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत