शनिबार, भदौ २२, २०८१

कृषिमा मल र सिँचाइको अभाव : गहुँ र मुसुरोको उत्पादन घट्यो


कान्तिपथ


पर्सा-रसायकिन मल तथा आकासे पानी अभावका कारण पर्सामा यस वर्ष हिउँदे वालीको उत्पादनमा ठुलो कमी आएको छ ।

आवश्यक परेको बेला किसानले खेपेको रसायनिक मल र आकासे पानी अभावको कारण यस वर्ष गहुँको उत्पादनमा १० प्रतिशत र मुसुरोको उत्पादनमा १४ प्रतिशत कमी आएको हो ।

गत वर्षको तुलनामा यस वर्ष ७ हजार ८ सय ४ मेट्रिक टन गहुँ र ८ सय ८७ मेट्रिक टन मुसुरोको उत्पादन कम भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

गत वर्ष २६ हजार ६० हेक्टर क्षेत्रफलमा गहुँ खेती गर्दा प्रति हेक्टर ३ मेट्रिक टनको औसतले ७८ हजार १ सय ८० मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष २६ हजार ६५ हेक्टर क्षेत्रफलमा गहुँ लगाउँदा २.७ मेट्रिक टन प्रति हेक्टरको औसतले ७० हजार ३ सय ७५ मेट्रिक टन मात्र उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साका बालि विकास अधिकृत सुरेश चौरसियाले जानकारी दिनु भयो ।

उहाँले गत वर्ष पर्सा जिल्लामा ३ हजार ६सय १० हेक्टर क्षेत्रफलमा मुसुरो रोपिँदा प्रति हेक्टर १.७ मेट्रिक टन को औसतले ६ हजार १ सय ६७ मेट्रिक टन उत्पादन भएको तुलनाम सय वर्ष ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा रोपाइ हुँदा १.५ मेट्रिक टनको औसतले ५हजार २ सय ५० मेट्रिक टन मात्र उत्पादन भएको बताउनुभयो ।

मौसमको प्रतिकुलताको कारण यस वर्ष गहुँ र दालको उत्पादन कम भएपनि तोरीको उत्पादन भने १७ प्रतिशतले वृद्धी भएको छ ।

गत वर्ष ५ हजार ६ सय हेक्टरमा रोपाइ हुदा प्रतिहेक्टर १.३ मैट्रिक टनको औसतले ७ हजार २ सय ८० मेट्रिक टन तोरी उत्पादन भएको थियो भने यस वर्ष ५ हजार ७ सय हेक्टर क्षेत्रफलमा रोपाइ हुँदा प्रति हेक्टर १.५ मेट्रिक टनको औसतले ८ हजार ५ सय ५० मेट्रिक टन तोरीको उत्पादन भएको अधिकृत चौरसियाले जानकारी दिनुभएको छ ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत