आइतवार, अशोज २७, २०८१

रातो बन्दाले बजार पाएन


कान्तिपथ


धादिङ- नयाँ र विक्रि मुल्य निकै राम्रो पाउने भन्दै धादिङका किसानहरुले लगाएको रातो जातको बन्दा विक्री नभए पछि किसानहरुले त्यतिकै खेर फाल्नु परेको छ ।

राजधानीका बजारमा १३०देखि १३५ रुपैया प्रति किलोमा विक्रि भएको रातो बन्दाको मुल्य किसानले २० रुपैँया प्रतिकिलो पनि नपाएपछि बारीमा त्यतिकै छाडिदिएका छन ।

यसो त अन्य तरकारीहरु पनि बजारमा विक्रिका लागि लग्दा गाडि भाडासमेत नओत्ने भएपछि किसानहरुले त्यतिकै बारीमा नै तरकारी कुवाउन बाध्य भएका हुन ।

खेत बारी भरी फलेका यी तरकारीहरु किसानहरुले अब बारीमा नै काटेर जोत्न तयार पारेका छन ।

उत्पादन गरेको तरकारी विक्रि नभए पछि धादिङको गल्छी गाउँपालिकास्थित ढुङ्गेनटारका किसानहरुले अहिले बारीमा लगाएको तरकारी नै नटिपी त्यतिकै छाडेका हुन् ।

भारतबाट आयत गरिएको तरकारीको कारण पनि यस्तो अवस्था आएको किसानहरुको भनाइ छ ।

उत्पादन गरेको तरकारी विक्रि गर्दा तरकारी उत्पादनमा लाग्ने लागत मुल्य उठ्न त परै जाओस् बजारमा विक्रिका लागि लग्दा लाग्ने गाडिको भाडा समेत तरकारी विक्रि गर्दा नआउने भए पछि किसानहरु अहिले समस्यामा परेका हुन् ।

सरकाले किसानहरुले उत्पादन गरेको हरियो तरकारीको बजार सुनिश्चित र विचौलीया नियन्त्रण गर्न नसक्दा यस्तो अवस्था आएको भन्दै तरकारी उत्पादक किसान गुनासो गरेका छन् । किसानहरुले विचौलीया नियन्त्रण र भारतीय तरकारीको आयत बन्द गर्नु पर्ने माग समेत गरेका छन् ।

ढुङ्गेनटारका किसानहरुले अहिले नयाँ किसिमको खेती राम्रो हुने भन्दै रातो जातका बन्दा पनी ब्यवसायीक रुपमा उत्पादन गर्‍यो तर  उत्पादनले बजार नपाउदा त्यतिकै खेर गएको भनाइ छ ।

यो त प्रतिनिधि पात्र गाँउ मात्रै हो जिल्लामा उत्पादन भएको विभिन्न प्रकारका हरियो तरकारीहरु किसानले त्यतिकै खेर फाल्न बाध्य छन् ।

यसो त किसनाहरुले प्रति किलो एक रुपैयामा विक्रि गरेको बन्दाकोभीको बजार मुल्य उपभोक्ताको भान्सामा पुग्दा प्रतिकिलो विस रुपैया पर्ने गरेको छ ।

किसानले उत्पादन गरेको तरकारी उपभोक्तोको भान्सासम्म आइपुग्दा कम्तीमा पाँच तहको विचौलीया पार गर्नु पर्दा महङ्गो परेको हो ।

स्थानीय तहले मात्रै यसको नियन्त्रण गर्न नसक्ने भएकोले थप समस्या आएको गल्छी गाउँपालिकास्थित वडा नम्वर ४ का अध्यक्ष राजु अधिकारी बताउनु हुन्छ ।

जस्ले गर्दा भारतबाट आयात गरिएको अत्याधिक विषादी प्रयोग भएका तरकारी महङ्गो मुल्यमा उपभोक्तहरुले खरिद गर्नु पर्ने बाध्यता एका तिर छ , भने किसानहरुले उत्पादन गरेको नेपाली तरकारीले मुल्य नपाएको हो ।

जिल्लमा सात हजार हेक्टर जमिनमा ब्यवसायीक रुपमा तरकारी खेती गर्ने गरेको भए पनस वर्खे तरकारी भने यस वर्ष ३ हजार आठ सय हेक्टर जमिनमा तरकारी खेती गरेको छ । प्रति हेक्टर पन्द्र टन तरकारी उत्पादन हुने कृषि ज्ञान केन्द्र धादिङले जानकारी दिएको छ ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत