मङ्लबार, भदौ २५, २०८१

चितवनमा रविको धन्यबाद सभा


कान्तिपथ



राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा उपनिर्वाचनको परिणाम लगत्तै धन्यवाद सभा आयोजना गर्यो । सभालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताउनुभएको छ । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बन्नुभएका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताउनुभयो । जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि आफु चुनाबी मैदानमा आउनु परेको भन्दै उहाँले जनताको मतको कदर गर्दै अन्यायमा पर्न नदिने बताउनुभयो ।

सामान्य त्रुटीका कारण पाँच वर्षका लागि पाँच महिना अघि निर्वाचित भएर गए पनि पुनःमत माग्न आउनु परेको भन्दै उहाँले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताउनुभयो । विकास निर्माणमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताउँदै संसद्मा रहँदा देशको सुशासन, गरिबी, अशिक्षा ,भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताउनुभयो ।

सुरुवातीको वर्ष विकासका योजना निर्माणमा लाग्ने र अन्य वर्षमा देखिने गरी विकासका कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ थियो । उहाँले प्रतिस्पर्धी उम्मेदवार र उहाँका मतदातालाई समेत आभार व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो “निर्वाचनको समयमा केही कमी कमजोरी भए क्षमा चाहान्छु । नयाँ दल भएकाले राजनीतिक अभ्यास सिक्दै गरेका छौँ । गल्ती भए माफ गर्नुहोला ।” नेपाली जनताले स्वर्णीम युगको खोजी गरिरहेको सङ्केत उपनिर्वाचनबाट दिएको उहाँको भनाइ थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत