आइतवार, अशोज २७, २०८१

लुम्बिनीमा बिहीबार कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने


कान्तिपथ


रुपन्देही । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धन दलले बिहीबार दाबी पेश गर्ने भएका छन् । गठबन्धन दलहरूले एक महिनाअघि नै नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि आव्हान गरेपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने ८ दलहरू सरकार गठनका लागि छलफलमा जुटेका हुन् ।

यो गठबन्धनमा प्रदेश सभामा रहेका नेपाली काङ्ग्रेसका २७, नेकपा माओवादीका १०, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३÷३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १÷१, स्वतन्त्र १ गरी ५३ जना छन् । ८७ सदस्यीय प्रदेशसभामा एमालेका २९ र राप्रपाका ३ सांसद मात्रै अब अलग हुने भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलहरूको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।

नेपाली काङ्ग्रेस प्रमुख सचेतक जन्मदेव तिमल्सेनाले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिनुभएको समय अवधिमै सरकारको दाबी पेश गर्ने गरि गठबन्धन दलहरू बिच तयारी गरिएको बताउनुभयो । गठबन्धन दलहरू बिच सत्ताको भागवण्डाका विषयमा विभिन्न चरणमा छलफल भएपनि अहिले सम्म टुङ्गो लागि नसकेको जानकारी दिनुभयो ।

प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले सरकार गठका लागि बिहीबार दाबी प्रस्तुत गरिने गठबन्धनमा रहेका सबै दलबिच सहमति भएको बताउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत