शनिबार, भदौ २२, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • कार्यकर्ताको छोरी होटलमा बोलाएको बात लागेपछि एमाले नेता भन्छन : चरित्रहत्या भयो !

कार्यकर्ताको छोरी होटलमा बोलाएको बात लागेपछि एमाले नेता भन्छन : चरित्रहत्या भयो !


कान्तिपथ


नेकपा (एमाले) सिन्धुलीका नेता प्रदीप कटुवालमाथि सांस्कृतिक विचलनको आरोप लागेको छ । पार्टीका विभिन्न नेता कार्यकर्ताकै परिवारका महिला सदस्यमाथि समेत यौनहिंसा गर्न खोजेको आरोप लाग्दै आएका कटुवालको अतिले सीमा नाघेपछि उनीमाथि कारबाही गर्न माग गर्दै केपी ओलीसमक्ष नै उजुरी परेको छ ।

२ महिनाअघि २०७९ फागुन ११ मा एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष ओलीलाई सम्बोधन गरी उजुरी दिए पनि सुनुवाइ हुन सकेको छैन । आफ्नै पार्टीका जनवर्गीय संगठनका जिल्ला अध्यक्षको छोरीमाथि भएको यौनहिंसाको बारेमा दिएको उजुरीमा समेत एमालेले कारबाही गरेको छैन । जागिर लगाउनका लागि होटलमा सँगै बस्नुपर्ने भनेर बोलाएका एसएमएस लगायका सबै प्रमाणसमेत राखी दिएको उजुरीमा २ महिनासम्म पनि सुनुवाइ हुन नसकेकोमा पीडित परिवार विक्षिप्त बनेका छन्।

एमालेको सिन्धुली जिल्ला कमिटीका करिब ७ बर्ष अध्यक्ष भएका कटुवालले आफ्नै पार्टीका एक जनवर्गीय संगठनका अध्यक्षकी छोरीलाई जागिर लगाइदिन्छु भनी होटलमा बोलाएर यौनहिंसा गर्न खोजेको उजुरीमा प्रष्ट उल्लेख छ ।

कटुवालका कतुर्तबारे पीडित युवतीका बाबुले एमाले अध्यक्ष ओलीलाई दिएको उजुरीमा उल्लेख छ–उपर्युक्त सम्बन्धमा मेरी छोरी फिजिओथेरापीमा स्नातक सकेर मेडिकल काउन्सिलको लाइसेन्स परिक्षा उत्रिण गरि घरमा बसिरहेको अवस्थामा सिन्धुली अस्पतालमा एक जना फिजियोथेरापिष्टको कोटा खाली रहेको र प्रदेश सरकारवाट सिन्धुलीलाई खुलाउन स्वीकृत दिएमा उक्त कोटामा मेरी छोरीले सेवा गर्न पाउँछिन् कि ! भनी मैले बागमती प्रदेशका पुर्व स्वास्थ मन्त्री एव मेरो पार्टीको मैले मान्ने नेता क. प्रदिप कटुवाललाई अनुरोध गरें ।

यता कटवालले भने आफु निर्दोष भएको स्पष्टिकरण दिएका छन् । उनले नेपाल फेस डटकममा पठाएको खण्डनमा उल्लेख छ–उपरोक्त सम्बन्धमा आकर्षक मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपालफेस डटकमले २०८० बैशाख ११ गते मेरो सन्दर्भमा लेखेको ‘एमाले नेता कटुवालमाथि यौनहिंसाको आरोपः एमाले मुख्यालयमा उजुरी’ शीर्षकमा समाचार लेखी चरित्रहत्या गर्ने दुस्प्रयास गरेको छ । उक्त समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो चरित्रहत्या गर्ने दुस्प्रयासका साथ विनाआधार प्रमाण आएको यो समाचारप्रति मेरो गम्भीर आपत्ति छ । यौनजन्य अपराध जस्तो गम्भीर अपराधमा बिना आधार प्रमाण कसैको चरित्रहत्या गर्नु गैरकानुनी विषय पनि हो ।

यस्ता गम्भीर अपराधमा सम्बन्धित सञ्चारसंस्था र सञ्चारकर्मीले सत्य तथ्य बुझ्न समेत चुकेको देखिएको छ । समाचारमा लेखिएको घटनामा मेरो कुनै संलग्नता नरहेको र पीडित भनिएकी बालिकासँग मेरै कुनै किसिमको फोनवार्ता समेत नभएको तर बालिकाको बुबाको आग्रहमा जागिरका लागि मन्त्रालयमा कुरा गरिदिएको भए पनि अन्य कुनै किसिमको संलग्नता नभएकाले सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्नतर्फ पनि हार्दिक अनुरोध गर्दछु । यौनजन्य अपराधमा उजुरी गर्ने निकाय प्रहरीमा नपुगी कसैसँग राजनीतिक पूर्वाग्रह साँध्नेगरी सत्य, तथ्य, आधार बंगाएर आएको समाचारले मेरो चरित्रहत्या भएको महसुस भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत