बुधबार, भदौ २६, २०८१

मलाई हमला गर्न प्रचण्ड र माकुनेका मान्छे संलग्न छन् : ओली


कान्तिपथ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशविरुद्ध आन्दोलनका क्रममा आफू र प्रहरी सुरक्षाकर्मीमाथिको भौतिक हमलामा प्रचण्ड-माधवका कार्यकर्ता संलग्न रहेको दाबी गरेका छन् ।

एमाले इलाम जिल्ला अधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठक उद्घाटनका लागि इलाम जाने क्रममा पूर्वप्रधानमन्त्री ओलीलाई आन्दोलनकारीले अवरोध प्रयास गरेका थिए । त्यसक्रममा प्रहरी सुरक्षाकर्मी घाइते भएका छन् ।

अध्यक्ष ओलीले प्रहरीलाई हड्डी भाँच्ने क्रममा पक्राउ परेकाहरूको समर्थनमा माओवादी र नेकपा एसका नेताहरू छुटाउँछौ भन्दै गएको बताए । अध्यक्ष ओलीले एमालेले सहनुको अर्थ कमजोर भएर होइन भन्दै प्रतिकार गर्नुपरेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

ओलीले भने, ‘हिजो ढुंगामुढा गर्ने ज्यान मार्ने उद्योग गर्नेहरू को हुन् ? प्रदेशको नाम के राख्ने कोशी राख्ने कि सगरमाथा राख्ने ? ड्यूटीमा खटिएको प्रहरी हवल्दारलाई के मतलब ? जागिर खाएर ड्यूटीमा बसेका मान्छेको टाउको फुटाउने आतंककारी हुन् । अर्को हवल्दारको हड्डी भाँचिएको छ । यो राजनीति हो ? यिनीहरूले हो कोशी प्रदेश बनाएको ? यी मान्छेहरूलाई समाउँदा प्रचण्ड र माकुनेका मान्छे कुदेर पुगेछन् छुटाउँछौ भन्दै ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत