शुक्रबार, अशोज ४, २०८१
  • गृहपृष्‍ठ
  • प्रशासन
  • सुकुम्बासी बस्ती हटाउने कामपाको निर्णयविरुद्ध परेको रीटमा अन्तरिम आदेश दिन अस्वीकार

सुकुम्बासी बस्ती हटाउने कामपाको निर्णयविरुद्ध परेको रीटमा अन्तरिम आदेश दिन अस्वीकार


कान्तिपथ


ललितपुर- उच्च अदालत पाटनले सुकुम्बासी बस्ती हटाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

न्यायाधीशद्धय राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेशले निरन्तरता नपाउने भनी हिजो आदेश गरेको उच्च अदालत पाटनका उपरजिष्ट्रार एवं प्रवक्ता मन्दिरा शाहीले जानकारी दिनुभयो ।

आदेशसँगै अब काठमाण्डौ महानगरपालिकालाई सुकुम्बासी बस्ती हटाउन बाटो खुलेको छ तर इजलासले उनीहरुलाई हटाउँदा उचित विकल्प दिनु भनि आदेश गरेको छ ।

काठमाडौं महानगरपालिकाले ११ चैत २०७९ मा ७ दिनको सूचना दिई सुकुम्बासी बस्ती खाली गर्न सूचना निकालेको थियो । सूचनामा नदी किनार, नदी उकास र नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउनु भनी उल्लेख गरिएको थियो ।

उक्त सूचना विरुद्ध परेको रिट निवेदनमा उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले गत चैत्र २७ मा अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत