बिहिबार, भदौ २७, २०८१

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त 


कान्तिपथ


रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । 

प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

८ दलका सांसदहरूको समर्थनमा चौधरीले आज दिउँसो मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । 

चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३र३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक/एक जना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।

गत पुस २७ मा संविधानको धारा १६८ (२)अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बन्नुभएका लिला गिरीले वैशाख ११ गते प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन भएको हो । 

केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाउनुभएको थियो । 

८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक हुन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत