शुक्रबार, अशोज ४, २०८१

स्वर्णिम र रविले लिए सांसद पदको शपथ


कान्तिपथ


उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले सांसद पदको शपथ लिएका छन् ।

लामिछाने र वाग्लेलाई सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् । बारा–२ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने बारामै रहेकाले आज उनको शपथ ग्रहणको कार्यक्रम भएन।

वैशाख १० गतेको उपनिर्वानमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने पाँच महिनापछि सोही क्षेत्रमा भएको उपनिर्वाचनमा झनै धेरै मतान्तरले विजयी भएका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सासंद पद खारेज भएको थियो । पछि प्रक्रिया पुर्‍याएर पुनः नागरिकता कायम गरेपछि लामिछाने नै उम्मेदवार बनेका थिए । उनी ५४ हजार १ सय ७६ मतसहित विजयी भएका थिए ।

तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १९ मतसहित निर्वाचित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ताबारे आज निर्णय लिनसक्ने बताएका छन् । प्रतिनिधिसभाको सदस्यको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सकेसम्म आजै केन्द्रीय समितिको बैठक बसेर निर्णय लिने उनले बताए ।

उनले आफूहरू देशमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताए । सरकारबारे पार्टी र संसदीय दलको बैठकमा छलफल गरेर निर्णय लिने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई बधाई दिन फोन गरेको बताए । कुराकानीको क्रममा सरकारलाई दिएको समर्थन फिर्ताबारे चासो राखेको भएपनि गम्भीर छलफल नभएको रविले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत