आइतवार, भदौ २३, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ


कान्तिपथ


पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

प्रदेश प्रमुखको निवासमा आज आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । 

गोरखाका पाण्डे गण्डकी प्रदेशको चौँथो मुख्यमन्त्री हुनुहुन्छ । 

६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सभामुख बाहेक ७ र १ स्वतन्त्र सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्री बन्नुभएको हो । गण्डकी प्रदेशसभामा २२ सांसद रहेको नेकपा एमाले र दुई सांसद रहेको राप्रपा प्रतिपक्षमा रहेका छन् । 

त्यसैगरी, नवनियुक्त मुख्यमन्त्री पाण्डेले आजै मन्त्रिपरिषद् विस्तार पनि गर्नुभएको छ । माओवादीका सांसद सुशीला सिम्खडा र काङ्ग्रेसका सांसद सरस्वती अर्याललाई आज विना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको हो । 

नवनियुक्त मन्त्रीहरूले पनि आजै प्रदेश प्रमुख गुरुङसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

सपथ समारोहमा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत