मङ्लबार, भदौ २५, २०८१

कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरुरी: महामन्त्री थापा


कान्तिपथ


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर–४ का सांसद गगनकुमार थापाले नेपाली कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको धारणा राख्नुभयो । काठमाडौँ निर्वाचन क्षेत्र ४ प्रदेश १ को वार्षिक प्रदेश भेलामा महामन्त्री थापाले आफूहरूले कार्यकर्ताहरूलाई अन्त कतै भोट हाल्न नभनेको समेत उल्लेख गर्नुभयो । यदी कोही कसैले यसबारेमा गलत गरेको भए यसबारे गम्भीर रूपमा छलफल गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा काठमाडौँ क्षेत्र ४ का सभापति श्यामकृष्ण संगतले गत निर्वाचनमा नेपाली कांग्रेसभित्रकै नेताहरूले नै प्रतिपक्षी नभएको ठाउँमा पनि आफ्नै पार्टीबाट प्रतिपक्ष खडा गरेर निर्वाचनमा असहयोग गरेको पाइएको बताउनुभयो ।

उहाँले पार्टी सदस्यता लिएर आफ्नो जिम्मेवारी सही ढङ्गले ननिभाउने र अन्य पार्टी नेता कार्यकर्ताका कुरा सुनेर पार्टीभित्रै फरक मत राख्ने र पार्टीलाई सहयोग नगर्नेलाई कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।

काठमाडौं क्षेत्र ४ (१) का सभापति विमल होडाले युवाप्रति राजनीतिमा वितृष्णा बढ्दै गएको बताउनुभयो । यस्ता समस्या समाधानका लागि पार्टीले फरक योजना बनाएर युवा लक्षित कार्यक्रमसहित अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत