आइतवार, भदौ २३, २०८१

जनकपुरमा आज मिटरब्याज जाँचबुझ कार्यालय उद्घाटन गरिँदै


कान्तिपथ


सरकारले आज (आइतबार) मधेश प्रदेशको राजधानी जनकपुरधाममा मिटरब्याज जाँचबुझ कार्यालय उद्घाटन गर्दैछ।

सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त कार्यालय उद्घाटन गर्न लाग्कानुभएकाे हाे । त्यसका लागि गृहमन्त्री श्रेष्ठ बिहानै जनकपुर पुगिसक्नुभएकाे छ। 

सरकारले गएको चैत २० गते मिटरब्याज पीडितका समस्या समाधान गर्ने उद्देश्यले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो। 

तीन सदस्यीय आयोगमा उत्तमराज सुवेदी र गणेशबाबु अर्याल सदस्य हुनुहुन्छ। आयोगलाई मिटरब्याज पीडितका समस्या छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत