बुधबार, भदौ २६, २०८१

दुई सरकारी बैंक मर्जरको लागि कार्यदल बन्यो


कान्तिपथ


दुई सरकारी वाणिज्य बैंक मर्जरको सम्बन्धमा कार्यदल गठन भएको छ। अर्थ मन्त्रालयले नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच मर्जर अध्ययन गर्न कार्यदल गठन गरेको हो।

अर्थ मन्त्रालयका अनुसार यी दुई बैंकको मर्जर सम्बन्धमा अध्ययन विश्लेषण गर्न कार्यदल बनेको हो। कार्यदलको संयोजक मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुखलाई तोकिएको छ।

अहिले उक्त महाशाखा प्रमुखमा भुपाल बराल छन्। यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत सरकारी बैंक समेत मर्जरमा जान आवश्यक रहेको बताएका थिए।

राष्ट्रिय वाणिज्य बैंकको साधारणसभामा सार्वजनिक रुपमा मर्जरको विषयमा बोलेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत