मङ्लबार, भदौ २५, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • बिदाको दिन रक्सी खाएको भन्दै इन्स्पेक्टरद्वारा हवल्दारमाथि निर्घात कुटपिट

बिदाको दिन रक्सी खाएको भन्दै इन्स्पेक्टरद्वारा हवल्दारमाथि निर्घात कुटपिट


कान्तिपथ


जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन्। कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ।

हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्। हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आज उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन्।

शनिबार हवल्दार आरसी बिदामा थिए। उनले बिदाको दिन आफूले साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेको पनि बताए। ‘म साथीहरूसँग बसिरहेका बेला इन्स्पेक्टरसाबले बोलाउनुभएको छ असईले भन्नुभयो। म प्रहरी कार्यालय गएँ। एकाएक इन्स्पेक्टरसाबले कुट्नुभयो। मैले माफी मागे पनि उहाँले कुट्नुभयो,’ उनले भने।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत