एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टिम नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोजेको छ ।
त्रिवि क्रिकेट मैदानमा भईरहेको प्रतियोगितामा नेपाली टिमका कप्तान रोहित कुमार पौडेलले पहिलो पटक टस जितेपछि बलिङको निर्णय गरेका हुन् भने यूएईले ब्याटिङ गर्ने भएको छ । यूएई र नेपालबीचको यो खेलमा विजेता टिमले एसिया कप खेल्न पाउने छ ।
नेपाली टिममा एक जना खेलाडी परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्सन झाले टिममा मौका पाएका छन् ।
नेपालको प्लेइङ-११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललितनारायण राजवंशी ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ