एसिसी प्रिमियर कपको फाइनल खेल शनिवार झै बर्षाका कारण रद्द हुन पुगेमा नेपाल स्वतः बिजेता हुनेछ ।
खेल नै नहुने र भएमा सुपर ओभर मात्र हुने डर र त्रास दुवै टोलीमा छ । खेल नै नहुने अवस्था रहेमा नेपाल भाग्यमानी बन्नेछ । तर सुपर ओभर भएमा दुवै टोली निश्चित हुन सक्ने अवस्था छैन ।
यदी सोमबार पनि बर्षा भएको खण्डमा ‘रिजर्भ डे’ मानिएको मंगलबारका दिनमा फाइनल खेल खेलाईने छ । मंगलबार पनि नेपाल– संयुक्त अरब इमिरेट (युएई)का बिचमा खेल हुन नसकी रद्ध भएको खण्डमा सुपरओभरमा जानेछ । जसअनुसार दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुने गरी नतिजा निकालिनेछ ।
नेपाल र यूएईबीच सोमबार हुने फाइनल वर्षाका कारण प्रभावित हुने सम्भावना धेरै छ । शनिबारदेखि सुरु भएको वर्षा काठमाडौं उपत्यकामा निरन्तर रह्यो । जसको कारण ओमान र कुवेतबीच तेस्रो स्थानका लागि भएको खेल नतिजाविहीन भयो । वर्षाको कारण सुपरओभर पनि हुनसक्ने अवस्था नभएको खण्डमा आइसिसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा माथि रहेको टोली एसिया कपमा स्वतः पुग्नेछ । जसअनुसार आइसिसीको एकदिवसीय वरियतामा १४ स्थानमा रहेको नेपाल १४ औं र १९ औं स्थानमा रहेको युएईलाई पराजितत गर्दै फाइनल बिजेता टोली बन्नेछ ।
जसले एसिया कपका भारत र पाकिस्तानसँग खेल खेल्न पाउने छ ।
किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र बिचमा आज फाइनल खेल हुन लागेको हो । खेल बिहान ९ बजेवाट सुरु हुनेछ ।
शनिवार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्न पुगेको हो ।
जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्ध भए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।
निरन्तर प्रतिस्पर्धाको शृंखला
नेपाल र यूएईबीच हुने सोमबारको फाइनल पछिल्लो ६ महिनामा खेल्न लागेको आठौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ । नोभेम्बरमा नेपालले घरेलु मैदानमा यूएईसँगको तीन खेलको शृंखला २–१ ले जितेको थियो । गएको महिना नेपालले यूएईसँग विश्वकप लिग २ मा चार खेल खेल्यो । दुबईमा भएको खेलमा नेपालले एकमा विजय हात पार्यो भने एकमा पराजय भोग्यो । त्यसको लगत्तै यी दुई टोली काठमाडौं आएर खेल्दा नेपालले दुवै खेलमा यूएईलाई पराजित गर्यो ।
पछिल्लो तीन महिनामा नेपाल उत्कृष्ट लयमा रहेको छ । नेपालले १७ मध्येको १५ खेल जितेको छ । त्यसमा एकमात्र पराजय यूएईसँग नै रहेको छ । दुबईमा लिग २ को पहिलो खेलमा यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ