सोमवार, अशोज २८, २०८१

‘नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरु हुन्छ’


कान्तिपथ


नेपालका लागि चिनियाँ राजदूत छन् सोङ ले भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको साततले दरबारसहित आसपासको धार्मिक तथा पुरातात्त्विक सम्पदाको पुनःनिर्माण छिट्टै सुरु हुने बताउनुभएको छ ।

चीन सरकारले जिम्मेवारी लिएको दरबारसहितको संरचना पुनःनिर्माणको काम ढिलो भइरहेको समयमा आज राजदूत सोङले स्थलगत अवलोकन गर्दै काम सुरुको तयारीमा रहेकाले समयावधिको लक्ष्य र जिम्मेवारीअनुसार सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भूकम्पले क्षति पुर्‍याएका संरचना पुनः निर्माणमा सहयोग पुर्‍याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबारसहित यहाँका आठ वटा धार्मिक, पुरातात्त्विक र ऐतिहासिक महत्त्वका संरचनाको पुनःनिर्माण चीन सरकारले गर्ने सम्झौता भएको छ । सोहीअनुसार नेपालका तर्फबाट पुरातत्त्व विभाग र चीन सरकारका तर्फबाट ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच विसं २०७६ जेठमा ४५ महिनाभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । उक्त अवधि पूरा भइसक्दा समेत दरबारसहितको संरचनाको पुनःनिर्माण तथा प्रबलीकरण अझै अन्योल अवस्थामा छ ।

चीनले पुनःनिर्माणको जिम्मेवारी लिएको आठ वटा संरचनामा साततले दरबारसहित तुलजा भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रङ्गमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी (दरबार) रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत