शनिबार, भदौ २२, २०८१
  • गृहपृष्‍ठ
  • खेलकुद
  • मौसम बिभागले भन्यो- आजकाे बर्षाले खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन्

मौसम बिभागले भन्यो- आजकाे बर्षाले खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन्


कान्तिपथ


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवाश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ । 

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखिको मौसम बदली मङ्गलबार पनि उस्तै हुनेछ ।  ‘मङ्गलबार पनि पहाडी क्षेत्रमा बर्षा हुनेछ भने तराईमा केही मात्रामा घटदै जानेछ, बुधबार पहाडी क्षेत्रमा मात्र केही वर्षा हुने देखिन्छ”, उनले भने । उनका अनुसार बुधबारदेखि भने केही बर्षावाला माैसम कमजोर हुदैँ जानेछ ।

आज नेपाल र स‌युक्त अरब इमिरेटस युएईका  बिचमा साेमवार पुरा हुन नसकेकाे खेल आज ९ बजेवाट सुरु हुदैँछ । युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाईरहेकाे बखतमा पानी पर्न सुरु गरे पछि राेकिन पुगेकाे थियाे । राेकिएकाे उत्त खेल सुरु गर्न पंतिक्षा गरे पनि पानी नराेकिए पछि दिउँसाे ३ बजे पछि आजसम्मका लागि स्थगित हुन पुगेकाे हाे ।

यसैगरी, राती भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत