यो वर्षको पहिलो चन्द्रग्रहण बैशाख २२ गते बुद्ध पुर्णिमाका दिनमा लाग्दैछ । यस बर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पुर्णिमाका दिनमा लाग्दैछ, जो १३९ बर्ष पछि लाग्न लागेको हो ।
बैशाख २२ गते राती ८ बजेर ४४ मिनेट देखी सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहने यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ । यो चन्द्रग्रहणको कुल अबधी ४ घन्टा पन्ध्र मिनेटको हुनेछ ।
चन्द्र ग्रहणको सुतक काल ९ घन्टा अगाडीवाट सुरु हुन्छ तर यो चन्द्रग्रहण नेपाल बाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिदैन् । यो उपछायाँ चन्द्रग्रहण हो, चन्द्रमामा पृथ्वीको छाया मात्र एउटा क्षेत्रमा मात्रै देखिने भएकाले सबैतिरवाट यो देखिदैँन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ