मङ्लबार, अशोज ९, २०८०
  • गृहपृष्‍ठ
  • शिक्षा
  • गाउँपालिकाले पाठ्यपुस्तक नबुझेपछि सल्लिसल्लामै थन्किए पाठ्यपुस्तक 

गाउँपालिकाले पाठ्यपुस्तक नबुझेपछि सल्लिसल्लामै थन्किए पाठ्यपुस्तक 


कान्तिपथ


 हुम्ला- हुम्लाकाे चंखेली गाउँपालिकाले पाठ्यपुस्तक नबुझेपछि पाठ्यपुस्तक सल्लिसल्लामै थन्किएका छन।

गाउँपालिकाकाे चरम लापरबाहीका कारण  चंखेली गाउँपालिका भित्र का १९ सय ८० बालबालिका पाठ्यपुस्तक पाउनबाट बञ्चित भएका छन ।

शैक्षिक सत्र सुरू भएकाे महिना दिनसम्म गाउँपालिकाले सल्लिसल्ला बजार पुगेकाे पाठ्यपुस्तक नलिएपछि बालबालिकाहरू हातमा अझै पाठ्यपुस्तक पुग्न सकेकाे छैन।

चैत २४ गते पाठ्यपुस्तक बुझेर चैत २७ गते चंंखेली गाउँपालिकाकाे सल्लिसल्ला बजार पुर्‍याए पनि गाउँपालिकाले नबुझेकाे पाठ्यपुस्तक खरिद र ढुवानी जिम्मा लिएका ठेकेदार मानदेव शाहीले जानकारी दिए।

गाउँपालिका अध्यक्ष प्यारी लाल शाहीकाे आदेशका कारण गाउँपालिका पाठ्यपुस्तक नबुझ्न भनेपछि सल्लिसल्ला बजारकाे गाेदामै थन्किएको मानदेव शाहीले बताउनुभयाे ।

सर्केगाड गाउपालिकाले सबै विद्याालय पुगिसकेको छ तर चंंखेली पाठ्यपुस्तक नबुझेर सल्लिसललाकाे गाेदाममै थन्किएको शाहीले गुनासाे गरे।

गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीसँग टेलिफाेन सर्म्पर्क गर्दा उहाँ आउन नचाहेको ठेकेदार शाहीकाे गुनासाे छ ।

गाउँपालिकाका जनप्रतिनिधिहरू  गाउँपालिका बाहिर सुर्खेत,नेपालगन्ज तिर रहेका छन।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत