शनिबार, अशोज १३, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • मिटरब्याजमा अनुचित लेनदेन पुष्टि भए सात वर्ष कैद, ७० हजार जरिवाना

मिटरब्याजमा अनुचित लेनदेन पुष्टि भए सात वर्ष कैद, ७० हजार जरिवाना


कान्तिपथ


कानुन विपरित गएर तोकिएभन्दा बढी ब्याज लिएको खण्डमा मिटरब्याजीलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने भएको हो। सरकारले नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई थप सजायको ब्यवस्था गरेको अध्यादेश राजपत्रमार्फत सार्वजनिक गरिएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा २४९ ‘ क’ मा सजायको व्यवस्था गरिएको छ। अनुचित लेनदेन गर्न नहुने र यदि गरिएको खण्डमा सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवान हुने भनिएको हो। त्यस्तै ऋण असुलीका लागि कुनै पनि धाकधम्की दिन नहुने भनिएको छ।

मिटरब्याज पीडितहरु बढ्दै गएपछि सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत