सोमवार, अशोज २८, २०८१

सुशासन कायम गर्नु चुनौतीपूर्ण : प्रधानमन्त्री


कान्तिपथ


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दश वर्षे जनयुद्धबाट प्राप्त उपलब्धि र परिवर्तनलाई उल्टाउने खेल भइरहेको बताउनुभएको छ ।

नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले दलितहरूलाई समावेशिता र समानुपातिक मान्यताको आधारमा, दलितको संवैधानिक अधिकार स्थापित गर्ने सम्बन्धमा प्रतिक्रियावादी र प्रतिक्रान्तिहरुले प्राप्त उपलब्धिहरूलाई उल्टाउने षडयन्त्र गरिरहेको बताउनुभयो ।

पार्टी र सरकार अहिले दलितहरूको हक अधिकार स्थापित गर्ने लडाइँमा एक कदम अगाडी बढेर रेकर्ड बनाउन लागेको बताउनुहुँदै उहाँले स्वास्थ्य, शिक्षा र रोजगारको क्षेत्रमा रेकर्ड बनाउने पक्षमा रहेको बताउनुभयो ।

देशैभर दलित समुदायलाई भूमि सम्बन्धित समस्या भएकोले भूमि अधिकार दलित अधिकारसँग जोडिएकोले केही समयभित्र समाधान गर्ने सङ्कल्प लिइएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

दलितहरूको विशेषाधिकार प्राप्तिको लडाइँ अहिले पनि जारी रहेकोले संविधान संशोधन गरेर अगाडि बढाउने र सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको उच्च प्राथमिकता रहेकोले सुशासन कायम गर्न चुनौतीपूर्ण रहे पनि काम अगाडी बढाइएको उहाँले जानकारी दिनुभयो ।

लामो समयदेखिको गलत नीति, संस्कार, कार्यशैली, बेथिति र संस्थागत भ्रष्टाचारका कारणले नै मुलुकमा आर्थिक सङ्कटको स्थिति सिर्जना भए पनि समाधानका लागि सुशासन कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत