आज देखि संचालन हुन गइरहेको कक्षा १२ को परिक्षा को लागि राष्ट्रिय परीक्षा बोर्डले एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्ने भएको छ । आज देखि संचालन हुने परीक्षामा ४ लाख ६७ हजार विद्यार्थीहरुले परीक्षा दिँदै छन् । २०७७ साल देखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको राष्ट्रिय परीक्षा बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैं प्रिन्ट गरेर संचालन गर्नु पर्ने हुन्छ ।
यसै शैक्षिक सत्र देखि लागू हुने गरी लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन भएको छ । जति वटा विषयमा एनजी (नन् ग्रेडेड) आएको हुन्छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था हुनेछ। अघिल्लो बर्षहरुमा दुई वा दुई भन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो ।
नेपाल सरकारले लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरेको र परीक्षा शान्तिपूर्ण तरिकाले संचालन हुने राष्ट्रिय परीक्षा बोर्डका सदस्य दयाराम थापाले जानकारी दिनु भयो । हामीसँगको कुराकानीमा सदस्य थापाले आज देखि संचालन हुने परिक्षामा समावेश हुने सम्पूर्ण विद्यार्थी भाईबहिनीहरूलाई शुभकामना पनि व्यक्त गर्नु भयो।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य दयाराम थापा ब्राइट फ्युचर स्कूलका संस्थापक प्रिन्सिपल हुनुहुन्छ।
(उहाँसँगको कुराकानीमा तयार पारिएको रिपोर्ट)
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ