प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको स्रोतले जानकारी दिएको छ ।
नेतात्रयबीचको भेटवार्ताको विषय सार्वजनिक भएको छैन । आज बिहान देउवा र ओली नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्डसित छलफल गर्न बालुवाटार पुगेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीहरुबीच छलफल भएको हुन सक्ने जनाईएको छ। सुरुवाती दिनमा नेकपा एमालेका नेता र कतिपय कर्मचारीको नाम मात्रै चर्चामा आएपनि पछिल्लो समय कांग्रेसका भिआईपी समेत तानिन थालेपछि सहमतिमा सवैलाई जोगाउने योजना अनुसार भेटवार्ता भएको हुन सक्ने जनाईएको छ।