नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा वीरगन्जबाट पटना र दिल्लीहुँदै सिंगापुर भागिन् भन्ने हल्ला बिहीबार साँझबाट सामाजिक सञ्जालमा भाइरल छ। ट्विटर र फेसबुकका टाइमलाइनमा यी समाचार शेयर र कपि भइरहेका छन्। बिना स्रोतका समाचार समेत केही अनलाइन न्यूज पोर्टलमा देखिन्छ।
आरजु सिंगापुर भाग्न लागेको भन्ने हल्ला भने बुधबारनै सञ्जालमा थियो। अघिल्लो दिन बुधबार कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि यी हल्लाहरू आइरहेका छन्।
नक्कली शरणार्थी प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। केहीदिन अगाडि सामाजिक सञ्जालमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणको समेत नाम जोडिएको एक अडिओ सार्वजनिक भएको थियो।
सार्वजनिक भएको अडिओ प्रकरणलाई नजिकबाट अनुसन्धान भइरहेको प्रहरीले बताइरहँदा आरजु आफू पनि पक्राउ पर्ने डरले भागेकी हल्ला छ।
कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवा बिहीबार हेटौँडामा थिइन्।