शनिबार, अशोज १३, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • माेबाइल नै ‘फरम्याट’ गरेका खाँणकाे ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाईयो

माेबाइल नै ‘फरम्याट’ गरेका खाँणकाे ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाईयो


कान्तिपथ


काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल विधि विज्ञान प्रयोगशालामा पठाईएको छ। पक्राउ पर्नु अघि खाँणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै ‘मोबाइल फरम्याट’ गरेकाले ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाईएको हो।

‘सचिव पाण्डेको मोबाइल पनि फरम्याट गरिएको थियो, प्रयोगशालामा लगेर डाटा रिकभर गरेपछि पुर्व मन्त्री खाँडकाे पनि सलंग्न रहेको प्रमाण मिलेको थियो,’ एक उच्च प्रहरी अधिकृतले भने, ‘त्यसैले खाँणको पनि मोबाइल प्रयोगशालामा पठाईएको हो, डाटा रिकभरी भएपछि थप प्रमाण भेटिने आशा गरेका छौँ।’

उनका अनुसार आज पनि सरकारी वकिल कार्यालयमा खाँणको बयान जारी रहने छ। हालसम्म खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाईके केशव दुलाल र सानु भण्डारीसँग आफ्नो भेटघाट र चिनजान भएको स्विकार गरेका छन्। थप अनुसन्धानका लागि सरकारी वकिलको रोहवरमा उनीसँग बयान लिइदैछ।

जिल्ला अदालत काठमाडौंले खाँणलाई तीन दिनसम्म हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिएको थियो। सोही अनुमति अनुसार आजसम्म खाँण प्रहरी हिरासतमा नै रहेका छन् भने आजै उनलाई अदालत लगेर थप म्याद लिने तयारी प्रहरीकाे रहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत