मङ्लबार, अशोज ९, २०८०

बालकृष्ण ४ दिन थुना मै : आरजुको नाम पोल्दा गुरुङ्गको चित्त दुखाई !


कान्तिपथ


नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई ४ दिनको म्याद थप गरिएको छ। काठमाडौं जिल्ला अदालतबाट आइतबार १२ जनाको थप ४ दिन अनुसन्धानका लागि म्याद थप भएको हो।

अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन्।

सोही प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पनि प्रहरीले खोजिरहेको छ। हाल उनी फरार छन्। उनका छोरा सन्दीप भने अहिले प्रहरीको हिरासतमा छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँण गत वैशाख २७ गते आफ्नै घरबाट पक्राउ परेका थिए। उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन सुरु भएपछि जनस्तर तथा राजनीतिक दलकै तर्फबाट निष्पक्ष छानविन र दोषीमाथी कारबाहीको माग गर्दै सरकारलाई दबाब बढिरहेको छ।

सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नेतृ डा. आरजु राणा देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर चरित्र हतया गरेको भन्दै आपत्ति जनाएको छ।

काठमाडौं उपत्यका बाहिरका कार्यक्रममा सहभागी हुन गएका बेला केही सञ्चारमाध्यमले राणा विदेश भागेको समाचार प्रकाशन तथा प्रशारण गरेपछि तरुण दलले आपत्ति जनाएको हो।

‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय सांसद डा. आरजु राणा देउवाज्यूको विभिन्न सञ्चारमाध्यममा विदेश भागेको र व्यक्तिगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराहरु प्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष विद्धान गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरी अनुसन्धानमै रहेको हुँदा ठोस प्रमाणबिना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध भएको स्मरण गराउँदै सबै सरोकारवालाहरुलाई सचेत रहन आग्रह पनि गरेका छन्।

तरुण दलले जारी अनुसन्धानलाई यथाशीघ्र टुंगोमा पुर्‍याउन सरकार, गृह मन्त्रालय र नेपाल प्रहरीलाई आग्रह गर्दै अनुसन्धानमा संगठनको पूर्ण सहयोग रहने पनि बताएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत