शनिबार, मंसिर १६, २०८०
  • गृहपृष्‍ठ
  • शिक्षा
  • आरआर क्याम्पसमा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई कारबाहीको माग

आरआर क्याम्पसमा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई कारबाहीको माग


कान्तिपथ


माओवादी केन्द्रका सांसद माधव सापकोटाले त्रिभुवन विश्वविद्यालय र आरआर क्याम्पसको लापरबाही कारण झन्डै ५ सय विद्यार्थीको भविष्यमा नै प्रश्न चिन्ह खडा हुने स्थिति आएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने– ‘आर आर क्याम्पस भन्छ, त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गल्ती भयो, त्रिविको परीक्षा नियन्त्रण कार्यालय भन्छ, हाम्रो गल्तीले कमजोरी भयो । एकले अर्कोलाई दोषारोपण गर्ने र ५ सयभन्दा बढी विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्ने काम भइरहेको छ । २ वर्षअघि ढिला गरी परीक्षा भयो, त्यसको १ वर्षपछि नतिजा आयो तर ५ सय विद्यार्थीको नतिजामा अनुपस्थित देखियो ।’

यस्तै आन्तरिक शिक्षकले दिने नम्बरमा पनि तलबितल गर्ने काम भएको गुनासो आएको सापकोटाले बताए । उनले सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषी उपर गम्भीर कारबाहीको माग गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत