मङ्लबार, अशोज ९, २०८०

भक्तपुरमा आगलागी हुँदा २ करोड २९ लाखको क्षति


कान्तिपथ


भक्तपुरमा भएको आगलागीमा २ करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन् । 

सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखाना आगलागी भएको थियो ।  

प्रहरी परिसर भक्तपुरले २ फर्निचर र १ घरमा भएको आगलागीको सोमवार दिनभर मुचुल्का गरी क्षति विवरण संकलन गर्दै क्षतिको मूल्यांकन गरी साँझ क्षति विवरण सार्वजनिक गरेको हो । 

न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा शुरूमा आइतवार साँझ सवा ७ बजे अचानक आगलागी शुरू भएर त्यहीँ आगो फैलिँदै घर र सँगैको कृपालु फर्निचरमा समेत आगलागी हुँदा मानवीय क्षति नभए पनि तयारी फर्निचर, कच्चा पदार्थ, मेसिन, केमिकल, कार, घर, नगद तथा जिन्सी लगायतका सामान जलेर नष्ट हुँदा २ करोड २९ लाख बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयको सहयोगमा राति १० बजेर ३० मिनेटमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको उनले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत