शनिबार, अशोज १३, २०८०

मदन भण्डारी हत्यारा पत्ता लाग्छ : ओली


कान्तिपथ


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याबारे समयक्रममा सत्यतथ्य बाहिर आउने बताएका छन् । मंगलबार मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँहरूको हत्या भएको थियो । त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तवार्ता दिनुभएको छ, केही अगाडि । उहाँले मदन भण्डारीको हत्या गर्ने कामको जिम्मा मलाई दिन खोजिएको थियो, मैले मानिनँ भनेर खुलस्त पार्नुभएको थियो । नाम तोकेर भन्नुभएको छ, फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर,” ओलीले भने, “यस सन्दर्भमा समयमा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।”

उनले देश बनाउने संकल्प बोकेर हिँडेका नेताहरू गुमाएको दिनका रूपमा यस दिनलाई स्मरण गरे । ओलीले भण्डारीको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना अधुरै रहेको पनि बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत